Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा भूकम्पपछि पठनपाठन प्रभावित, ३ दिन विद्यालय बन्द 


    बिहिबार, असोज १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । शक्तिशाली भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ ।

    उक्त भूकम्पले अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् ।

    यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भोलि असोज १९ गतेसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको बिहीबार जानकारी दिए ।

    १२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए ।

    मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार