Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    बिहिबार, असोज १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे बैठक बस्ने भएकाे हाे ।

    बैठकमा ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।

    सभामुख देवराज घिमिरेले पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार