Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमान् चेतनका हत्यारा गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा भारतीले शुरु गरिन् रिले अनसन 


    बुधबार, असोज १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छन् ।

    न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा अनसन थालेकी हुन् ।

    उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् । आज उनको मुद्दाको प्रारम्भिक सुनुवाइ छ ।

    सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

    रिपोर्टस क्लबमा मंगलबार उनले मान्छे मारेर आममाफी पाउने भए बदला लिनका लागि आफूलाई हतियार दिन सरकारलाई आग्रह गरेकी छिन् ।

    उनको भनाइ थियो, ‘मान्छे मारेर आममाफी पाइन्छ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार