Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सवारी दुर्घटनामा तीन जनाको मृत्यु


    मंगलबार, असोज १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मोरङ, बेलबारी नगरपालिका–२ लालभित्तिस्थित सडकमा को ३६ प ९३६८ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार ईलाम चुलाचुली गाउँपालिका–५ बस्ने ७२ वर्षीय भिम बहादुर राईको सोमबार दिउँसो मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यस्तै दैलेख, दुल्लु नगरपालिका–१ मण्डातिमिलापानीस्थित सडकमा क.प्र.०२–००१ क १९९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ बस्ने ३३ वर्षीय गोपाल थापाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको दुल्लु अस्पताल दुल्लुमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार