Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा विष्फोट हुँदा २० जनाको ज्यान गयो


    शुक्रबार, असोज १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इस्लामावाद। पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा आज बिहान भएको विस्फोटमा परी २० जनाको ज्यान गएको छ । घटनामा अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ ।

    बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

    पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार