Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध रुपमा सामुदायिक वन फँडानी गरेको आरोपमा रुकुममा वडाध्यक्षसहित ४ जना पक्राउ


    बुधबार, असोज १० २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष तुल्से वली, ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।

    चौरजहारी नगरपालिका- ११ स्थित जनकल्याण सामुदायिक वन र सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फँडानी गरेको आरोपमा मंगलबार वडाध्यक्ष तुल्से वलीलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

    मनोमानी ढंगले सामुदायिक वन क्षेत्रका ३५ वटा सल्लोको रूख फँडानी गरेको भन्दै वडाध्यक्ष वलीविरुद्ध उजुरीका परेको थियो ।

    डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले अनुसार आरोपी चारै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार