Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • राप्तीले बगाउँदा हेटौँडाका १० वर्षीय बालकको ज्यान गयो


    मंगलबार, असोज ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हेटौँडा उपमहानगरपालिका– १ स्थित तरकारी मन्डीनजिकबाट राप्तीखोलाले बगाउँदा एकजना बालकको ज्यान गएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मंगलबार दिउँसो करिब १ बजेको समयमा नुहाउने क्रममा राप्तीखोलाले बगाउँदा हेटौँडा– ४ भैरवरोडका १० वर्षीय बालक संसाद अन्सारीको मृत्यु भएको हो।

    मृतक बालकका बुबा फिरज अन्सारीसहित परिवार नै खोलामा नुहाउन पुगेका वेला बालकलाई खोलाले बगाएको थियो।

    नुहाउने क्रममा बालकलाई खोलाले बगाएर झन्डै पाँच सय मिटर तल राप्ती पुलनजिक पुर्‍याएको थियो। बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषित गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार