काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा एमाले पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा पहिलोपटक मतदानबाट नेतृत्व चयन भएसँगै एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन भएको हो ।
करिब एक साताको रस्साकस्सीका बीच गत भदौ १९ मा सम्पन्न प्रथम प्रदेश अधिवेशनमा १ हजार ५ प्रतिनिधिको मतदानबाट नेताहरू निर्वाचित भए । प्रदेशसभाको प्रथम अधिवेशनमा ४ सय ७९ मतका साथ राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४ सय ७७ मत ल्याएर हरि रिजाल उपविजेता भए ।
माओवादीसँग एकतासँगै प्रतिनिधिहरूको मतका आधारमा नेतृत्व चयन प्रक्रिया बन्द भएको एमालेमा लुम्बिनी प्रदेश अधिवेशनबाट पुनः मतदान हुने अभ्यास शुरू भएको नेताहरूले बताएका छन् ।
लुम्बिनीको अधिवेशन सकेको एमालेले यही असोज महिनाभरि सबै प्रदेशको अधिवेशन सक्ने कार्यातालिका बनाएको एमाले सचिव रघुवीर महासेठले जानकारी दिए । उनका अनुसार वागमती प्रदेशको असोज ८–९, कर्णाली १०–११, कोसी १२–१३ गण्डकी १५–१६, सुदूरपश्चिम २१–२२ र मधेस प्रदेशको २४–२५ मा अधिवेशन गर्ने तयारी छ ।
त्यस्तै, १९–२० असोजमा उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन हुनेछ भने त्यसपछि जिल्ला, पालिका र वडा अधिवेशनहरू क्रमशः हुने सचिव महासेठले बताए ।
‘सबै प्रदेश अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ’, महासेठले भने– ‘हामी सकभर नेतृत्व चयनमा सर्वसम्मत होस् भनेर प्रयासमा छौं । राजनीतिमा नेताहरूले आफ्नो पक्षका नेता साथीहरूलाई स्थापित गराउन लाग्नु स्वाभाविकै हो । तर, आकांक्षीबीच कुरा मिल्न सकेन भने प्रजातान्त्रिक प्रक्रियाबाटै जबजका आधारमा नेतृत्व चयन हुन्छ ।’
एमाले र माओवादीबीचको एकता हुनुभन्दा अघि नियमित अधिवेशन गर्ने र अधिवेशनमा जुटे सहमति नभए मतदानबाट नेतृत्व चयन गर्ने पार्टीको परिचय एमालेले बनाएको उनले बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend