Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • फाजिलका ४ सय फरेस्टरको व्यवस्थापन गर्ने सचिव बैठकको निर्णय


    शुक्रबार, असोज ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले प्रदेशका मन्त्रालयमा रित्त रहेका सचिव पदमा शीघ्र पदपूर्ति गर्ने निर्णय गरेको छ । असोज १ गतेमा बसेको सचिव बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक तदारुकता लिन निर्देशन दिएको हो ।

    हाल विभिन्न प्रदेशका मन्त्रालयहरुमा प्रदेश सचिव खटाइएको छैन । त्यसले प्रदेश सरकारको कार्यासम्पादनमा असर पुगेको छ । समस्याबारे प्रदेश मन्त्रालयहरुले पटक(पटक संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    यसैगरी सचिव बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले प्रदेशसँग समन्वय गरी हाल फाजिलमा रहेका करिब ४ सय फरेस्टरहरूको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । दरबन्दी कायम भएकाबाहेकका पदमा रहेका कर्मचारीलाई फाजिल भन्ने गरिन्छ ।

    पछिल्लो समयमा फाजिलमा रहेका फरेस्टरहरुले सिंहदरबारमै पुगेर आफूहरुको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन् ।

    लोकसेवा आयोगमार्फत प्रतिस्पर्धा गरेरै फरेस्टर बनेकाहरु अहिले काम गर्ने वतावरण माग्दै आन्दोलनमा छन् । ५ वर्षदेखि उनीहरु दरबन्दीविहीन अवस्थामै वन मन्त्रालय अन्तर्गत विभिन्न निकायमा खटिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार