Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • करेन्ट लागेर एक वृद्धको मृत्यु


    शुक्रबार, असोज ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । करेन्ट लागेर सैनामैना नगरपालिका ११ ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मीको आज बिहान मृत्यु भएको छ ।

    आफ्नै गोठमा काम गर्ने क्रममा बिद्युत्को तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार