Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • शिक्षकहरूले गरे सडकमा आन्दोलनसँगै नाचगान


    शुक्रबार, असोज ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा उत्रिएका शिक्षकहरुले आज पनि आन्दोलन गरेका छन्। शिक्षकहरुले शुक्रबार पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।

    आन्दोलनमा उत्रिएका शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग राख्दै त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

    आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान समेत गरेका छन् ।

    उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।

    आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान दुई चरणमा मन्त्रीहरुसँग छलफल गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार