Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कानुन मन्त्री गुरूङ भन्छन्- शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्छ


    शुक्रबार, असोज ५ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा पुग्ने बताएका छन् । आजको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनको दाबी छ ।

    शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानुनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’

    मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार