Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता


    बिहिबार, असोज ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । हुम्लामा खोलाले बगाउँदा एकजना पुरुष बेपत्ता भएका छन् । हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा अन्दाजी ४०-४२ वर्षीय एक पुरुष बेपत्ता भएका हुन् ।

    घर नजिकैको खोला तर्न खोज्दा अन्दाजी ४०-४२ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए । बुधबार रातिदेखिको अविरल वर्षाले हुम्लाका केही घरखेत र बारीमा समेत क्षति पुर्‍याएको छ ।

    निरन्तरको वर्षासँगैको बाढीले कालागाड आसपासका घर टहरा र बाटोघाटोहरू बगाउनुका साथै आवत-जावतमा निकै समस्या भएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छन्त्यालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार