धादिङ। आज बिहीबारदेखि संघीय राजधानीको मुख्य नाका नागढुंगा–मुग्लिन सडकखण्ड राति चार घण्टा बन्द हुने भएको छ । पृथ्वीराजमार्ग सुधार तथा विस्तारको लागि भन्दै आज रातिदेखि काठमाडौं–नागढुंगा–नौबिसे त्रिभुवन राजपथ र नौबिसे–मलेखु सडकखण्ड बन्द गर्न लागिएको हो ।
अहिले नौबिसे–मलेखु खण्डको विभिन्न स्थानमा पहरा काट्ने काम भइरहेको छ । यसरी काम गर्दा सडक अवरुद्ध हुने र यात्रुहरू मारमा पर्ने भएकाले सडक रातिमात्र बन्द गर्नु परेको धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिएका छन् ।
प्रजिअ गैरेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले पृथ्वी राजमार्गको नौबिस–मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरेखोला नजिक बांगेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा निर्माणको समयमा सवारी प्रयोगकर्तालाई हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै असोज ४ गतेदेखि असोज २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्ने निर्णय भएको नागढुंगा–मुग्लिन सडक योजना प्रमुख ईश्वरी रिजालले बताए ।
सडक बन्द गरेर भीर काट्ने काम भइरहेको अवस्थामा एम्बुलेन्स र सुरक्षा निकायको सवारीबाहेकका सबै यातायातका सेवा बन्द गर्ने निर्णय भएको छ ।
पूर्वमा थाक्रे गाउँपालिका–१ एक्लेफाँट र पश्चिममा गजुरी गाउँपालिका–५ घाटबेसीमा यातायातका साधन रोकिने छन् ।
त्रिभुवन राजपथको नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ८८ करोड ९८ लाख रुपैयाँ लागतमा दुई वर्षमा सक्ने र पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्ब ८३ करोड ४७ लाख रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी लागत अनुमान गरिएको थियो ।
तर, निर्माण कम्पनी जिअंसु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा २०७८ साल चैत २४ गते नागढुंगा–नौबिसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण गरिरहेका छन् ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend