काठमाडाैं | त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी ७ सय ग्राम सुन तस्करी गर्नेविरुद्ध मुद्दा लिएर सरकारी वकिल आज काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेपाउने उक्त मुद्दा लिएर सरकारी वकिलहरू अदालत पुगेको जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको प्रतिवेदनमा सामान्य थपघट गरेर मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ‘ब्रेक सू’मा ल्याइएको सुन समातिएको थियो ।
राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।
उक्त प्रकरणमा पक्राउ परेका ३२ र फरार १८ जना गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय सीआईबीको थियो ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend