मोरङ। मोरङमा नुहाउने क्रममा दुई बालिकाको ज्यान गएको छ। ग्रामथान गाउँपालिकामा-२ खुनियाकट्टामा रहेको माछा पोखरीमा शनिबार नुहाउने क्रममा १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो।
गाउँपालिका २ का वडाध्यक्ष यादव खतिवडाका अनुसार डा. रम्भा देवको माछा पोखरीमा पौडी खेल्दै नुहाउने क्रममा १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको हो।
वडाध्यक्ष खतिवडाले घटना भएको स्थलमा करिब ३ कट्ठा क्षेत्रफलमा दुईवटा पोखरी रहेको जानकारी दिए।
बाउन्ड्री वालले दुवै पोखरी घेरिएको भए पनि वालको एकछेउबाट पोखरीमा पस्न मिल्ने प्वाल रहेको र दुवै जना साेही प्वालबाट छिरेकाे हुनसक्ने उनकाे आशंका छ।
मृतक दुवै बालिका खुनियाकट्टा निवासी हुन्। वडाध्यक्ष खतिवडाका अनुसार आज बिहान करिब साढे ११ बजे दुवैजनालाई डुबेर घाइते भएको अवस्थामा स्थानीयले फेला पारेका थिए।
उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना गरेसँगै चिकित्सकले मृत घोषित गरेका थिए।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले अनुसन्धान सुरु गरिएकाे जानकारी दिए।
उक्त घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, बेलबारीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend