Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रेडी ट्रेडले ३०२ किलो सुन ल्याएको भेटियो


    बुधबार, भाद्र २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी गर्न खडा गरिएको कम्पनी रेडी ट्रेडले ३०२ किलो सुन भित्र्याएको भेटिएको जनाएको छ ।

    सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

    सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।

    सो कम्पनीका मालिक काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको खुलेको थियो । कम्पनी उनको नाममा दर्ता भएपनि असली मालिक भने अरु नै रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ भने अन्य १८ जना अझै फरार रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार