डोटी। डोटीको बडीकेदार गाउँपालिका -१ रुमायल भीरमा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
सहजपुर बोगटान दिपायल सडकखण्डअन्तर्गत रुमायल बीपीनगरबाट खड्यौली आउँदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो आइतबार राति १० बजेतिर दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परि बडीकेदार गाउँपालिका -३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भइ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घटना के कति कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना...
धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend