Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग


    आइतबार, भाद्र २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। जिल्ला अदालत काठमाडौँले उक्त प्रकरणमा मीन बहादुरलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    आज आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले उक्त थुनछेक आदेश गरेको र एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी मागेको छ।

    यसैगरी सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो।

    विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो। उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार