Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना संक्रमित प्रहरीको संख्या बढेको बढ्यै, ४२ सय २२ जनामा संक्रमण पुष्टि


    मंगलबार, असोज १३ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । फ्रण्टलाइनमा काम गर्दै आएका प्रहरीलाई कोरोनाको उच्च जोखिममा रहेका छन् । 

    हालसम्म संक्रमित प्रहरीको संख्या ४ हजार २ सय २२ पुगेको छ । तीमध्ये १ हजार ८ सय १५ सक्रिय संक्रमित छन्  भने २ हजार ४ सय ७ जना डिस्चार्ज भैसकेका छन् । 

    काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय ८३ जना सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६ सय ६७ जना सक्रिय संक्रमित छन् ।

    यस्तै प्रदेश १ मा १ सय ६१ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १ सय २३ जना, बागमती प्रदेशमा १ सय २५ जना, गण्डकी प्रदेशमा १ सय ५१ जना, प्रदेश ५ मा १ सय ६४ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८६ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार