Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध ‘मार्चपास’ गर्दै


    शुक्रबार, भाद्र १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्ट (एमसिसी) कार्यान्वयनविरुद्ध पहिलो चरणको सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा गोष्ठी र मार्चपास अभियान रहेका छन् ।

    आज शुक्रबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले काठमाडौँको लप्सेफेदीबाट धादिड, नुवाकोट, मकवानपुर, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा अन्तरक्रिया र गोष्ठी हुनेछन् । ती कार्यक्रम सकभर देशभक्तहरूको संयुक्त रूपमा आयोजना गरिने र यदि त्यसो नभए पनि नेकपाले एकल रूपमा गोष्ठी र अन्तर्क्रियाहरु गर्ने नेता अनिल शर्माले बताए ।

    यी कार्यक्रम भदौ १९ देखि २३ सम्म हुनेछन् । शर्माका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान चलाउने पनि बैठकले निर्णय गरेको छ । गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरु गर्ने शर्माले जानकारी दिए । त्यसमा सामना सांस्कृतिक परिवार र कलाकार माइला लामासहितको टोली पनि सहभागी हुनेछ ।

    पहिलो चरणको कार्यक्रम सकिएपछि स्थायी कमिटी बैठक बसेर दोस्रो चरणको कार्यक्रम तय गर्ने स्रोतको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार