काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागमा सरुवा–बढुवामा चरम बेथिती मौलाएको छ। माओवादी निकट अधिकृतहरूलाई काखी च्यापेर व्यवसायिक अधिकृतमाथि अन्याय हुन थालेको छ । सोमबार भएको उप–अनुसन्धान निर्देशक (एसपी) बढुवाले संगठनमा नेतृत्वविरुद्ध चरम आक्रोश र निराशा बढेको छ ।
दुई दर्जन सिनियर अधिकृतलाई पन्छाएर माओवादी नेताहरूको दबाबमा जुनियरलाई बढुवा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सात जना डिएसपीको एसपीमा बढुवा गरेका थिए । जसमा सुशिल महत, गणेशप्रसाद आचार्य, सुवास कार्की, तुलसी कट्टेल, कुमार बुढाथोकी, ओमबहादुर खड्का र हेमन्त कार्की छन् ।
उनीहरुमध्ये हेमन्त कार्की माओवादीकै कारण बढुवा भएका हुन् । उनी २०७५ मा डिएसपी भएका हुन् । उनीभन्दा साढे दुई वर्ष सिनियर ब्याचका अधिकारीहरु भने बढुवामा छुटेका छन् । उनकै चलखेलका कारण बढुवा रोकिदै आएको थियो ।
प्रचण्डका विश्वासपात्र मानिएका गुप्तचर प्रमुख हुतराज थापाले दबाब थेग्न नसकी यसरी ब्याच नै मिचेर माओवादी निकटलाई बढुवा गर्न थालेपछि संगठनभित्र चरम आक्रोश र निराशा बढेका छन् । कतिपय व्यवसायिक अधिकृतले राजीनामा समेत दिने तयारी गरेका छन् । विगतमा एउटै ब्याचभित्र तलमाथि भएपनि यसरी ब्याच नै मिचेर बढुवा भएको थिएन ।
हालैको सरुवामा पनि व्यापक राजनीतिकरण भएको थियो । एउटै व्यक्तिलाई दोस्रोपटक एउटै कार्यालयमा इन्चार्जमा पठाइएको छ । गुप्तचर प्रमुख थापा निकट टेकराज तिमल्सिनालाई दोस्रो पटक भक्तपुर पठाइएको छ । ललितपुमा पनि एसएसपी भूमी पाठकलाई दोस्रो पटक पठाइएको थियो ।
सरुवामा यस्तो चरम बेथिती विगतमा थाहा नभएको अधिकारीहरू बताउँछन् । हाल विभाग प्रत्यक्ष प्रधानमन्त्री मातहत रहेकाले प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरुले चलखेलका आधारमा सरुवा–बढुवा गरी संगठनलाई कमजोर बनाएको विषय उठेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend