काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको गफ दिने तर व्यवहारमा भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको आरोप लगाएका छन् ।
आज प्रतिनिधिसभाको विशेष समय बोल्दै उनले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको आरोप लगाए ।
‘अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो’, उनले भने, ‘सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।’
एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको आरोप लगाए । उनले अगाडि भने, ‘तर भरियालाई जेलमा हाल्ने काम हुँदैछ ।’
उनले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाए ।
पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको सांसद गिरीले बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend