Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिलाई कारबाही गर्छौ : महामन्त्री शर्मा


    सोमबार, भाद्र ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन्। पाल्पाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुन काण्डमा जोकोही संलग्न रहे पनि कानूनी कठघरामा ल्याउनुपर्ने बताएका हुन् ।

    उनले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई लक्षित गर्दै दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा आफूहरुले उम्कन नदिने बताए ।

    उनले भने, ‘सुन काण्डका विषयमा अहिले सीआईबीले छानबिन गरिरहेको छ । कुनै जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट हुँदैन । छानबिनको क्रममा रहेकाले संलग्न सबैलाई कारबाही हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार