Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा


    आइतबार, भाद्र १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज जिल्ला अदालतमा सुनवाइ हुँदै छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा उक्त मुद्दाको बहस हुने भएको हो ।

    फैसलाको चरणमा रहेको मुद्दा धेरै समयदेखि पछि धकेलिँदै आएको थियो । पछिल्लो पटक न्यायाधीशले आमाको जन्ममिति स्पष्ट हुने कागज ल्याउन आदेश दिएर सुनवाइ स्थगित गरिदिएका थिए । उक्त कागज आइसकेपछि आजलाई पेशी तोकिएको हो ।

    पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको छ । यदि आज सुनवाइ सुरु भयो भने एक–दुई दिनमा फैसला आउन सक्छ ।

    सुनवाइको अघिल्लो दिन जाहेरीकर्ता गौशाला २६ भने अस्पताल भर्ना भएकी छन् । उनले औषधिको बढी डोज सेवन गरेको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार