Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पिकनिक गएका दुई जना त्रिशूलीमा बेपत्ता


    शनिबार, भाद्र ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चितवनमा पिकनिक गएका दुई जना त्रिशूली नदीमा बेपत्ता भएका छन्। आज भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै पिकनिक गएका उनीहरु त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेको छन् ।

    आज दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार