काठमाडौं । नेपालकी चर्चित गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको भनि आएका र हाल चर्चामा रहेका समाचार झूटो भएको प्रष्टीकरण दिएकी छन् ।
केही व्यक्ति तथा मिडियाले समिक्षाले यसअघि अष्ट्रलिया जाँदा दिदी शर्मिलालाई केयर टेकरका रुपमा लगेर उतै छाडेपछि अष्ट्रेलियाले उनको भिषा रद्द गरेको समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले आफ्नो विषयमा आएका झुटा समाचार भन्दै प्रष्टीकरण दिएकी हुन् ।
उनले समाचारहरु हेरेर आफू आश्चर्यमा परेको बताएकी छन् । अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको उनको गुनासो छ ।
‘हुन त मैले योभन्दा ठुलो प्रहारहरु खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदीबैनीहरुलाई सोध्न चाहन्छु, यहाँनिर मेरो गल्ति के भयो ?’, उनले लेखेकी छन्,‘एउटा उमेर पुगेको मान्छे नियम परिधिभित्र रहेर अष्ट्रेलियामा बसाइ लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो ?’
उनले भनेकी छन् ‘म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक-पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ, मैले कुनै गलत काम गरेकी छैन । यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु’।
यस्तो छ उनको पुरा स्टाटस
नमस्ते म समिक्षा अधिकारी!
आज सामाजिक संजालमा मेरो बारेमा आएका न्युजहरु हेरेर म आफै आश्चर्य चकित भएकी छु।
हुन त मैले यो भन्दा ठुलो प्रहरहरु खपीसकेकी छु तै पनि आज सामाजिक संजालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजु भाइ दिदि बैनीहरु लाई सोध्न चाहन्छु यहाँ निर मेरो गल्ति के भयो । एउटा उमेर पुगेको मान्छे अष्ट्रेलिया नियम परिधि भित्र रहेर आफ्नो बसाइ अष्ट्रेलियामा लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन म माथि प्रहार गर्नु भो ? अहिलेको मेरो भिषा निबेदनको स्थितिमा फाइनान्सको केहि डकुमेन्ट थप गर्नु पर्ने स्थितिमा मैले पठाई सकेकी छु भएको यति हो । म एउटा अध्याँरो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनु हुन्छ, मैले भोग्न पर्ने भोगी सके सहन पर्ने सहि सके प्लिज मलाई नगिजोल्नुस, मेरो व्यक्तिगत कुराहरु हुन्छन् मेरो अनुमति बिना मेरो भिषाको स्टाटस चेक गर्न तपाई बसेको देशको कानुनले दिन्छ । म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरु लाई बताउँथे । मेरो दिदिले कुनै नियम तोडेर होइन अष्ट्रेलियाको नियम परिधिमा रहेर त्यहाँ पढ्दै छन् । दिदि संगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नु हुन्छ २ वटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस। आज यती मात्र भन्न चाहे कि म ब्ल्याक लिस्ट मा परेको भन्ने खबर सरासर झुठो हो मलाई अहिले तिज कार्यक्रम को लागी दिदी बहिनी इभेन्ट ले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु ।
फेरी पनि यो सबै भन्दै गर्दा म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ मैले कुनै गलत काम गरेकी छैन यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु।
सबैको राम्रो होस् सबैको जय होस् !!
तपाईकी
समिक्षा अधिकारी
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend