Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • समीक्षा अधिकारीले गाएको तीनवटा गीत युट्युब ट्रेन्डिङमा


    बुधबार, जेष्ठ १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। चर्चित गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान बनाउन सफल भएको छ । यतिबेला समीक्षाले स्वर दिएका तीनवटा गीतहरू युट्युब ट्रेन्डिङमा छन् ।

    एकल स्वर रहेको ‘आफ्नो आफ्नो दुःख’बोलको गीत युट्युबमा लोभलाग्दो भ्युजका साथ संगीततर्फ ट्रेन्डिङ एकमा छ ।

    त्यस्तै, नरेश खाती र समीक्षाको स्वर रहेको ‘मन परेरै हो’ बुधवार बिहान युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर १२ मा छ । यसैगरी एकल स्वर रहेको ‘म चन्द्रमा हुँ’ बोलको गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर २६ मा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार