Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु: हर्क साम्पाङ


    मंगलबार, भाद्र ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न माग गरेका छन् । साथै उनले २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।

    साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो । उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । भिडिओ भाइरल भएसँगै साम्पाङले फेसबुकमा स्टाटस लेखेका हुन् ।

    उनको स्टाटस यस्तो छः

    यो देशमा राज्य सरकार छ छैन ? म माथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टा भित्र पक्राउ गरी कस्टडीमा राखेर अनुसन्धान चलाइएन भने मैले पत्रकार सम्मेलन गरी र सम्बन्धित निकायहरू विरुद्ध नै मुद्दामा जानुको विकल्प रहने छैन ! त्यस पछिको अराजकताको जिम्मेवारी कसले लिने ? अनि, नागरिकको आन्दोलनलाई कसले सम्बोधन गर्ने ?

    साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार