Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास प्रकरण: मिनबहादुर गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


    सोमबार, भाद्र ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा अपचलन प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

    गत साउन ३१ मा थप भएको म्याद सकिएपछि प्रहरीले म्याद मागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा अनुसन्धान पुरा भएको जानकारी दिएको छ । आज राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिने केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार