Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप गिरी बिपीपछिकै ठूला समाजवादी चिन्तक हुन्: देउवा


    सोमबार, भाद्र ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोइरालापछिको ठूला समाजवादी चिन्तक भएको बताएका छन्।

    सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले समाजवादी चिन्तकको रूपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए।

    सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए।।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार