Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको टिप्पणी– पारिवारिक मुद्दा हेर्न छुट्टै इजलास बनाउनुपर्छ


    सोमबार, भाद्र ४ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

    आज आफ्नो सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतको विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाइने बताए । काठमाडौं उपत्यकामा एक/एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने समेत उनको योजना छ ।

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले अदालतहरुमा मुद्दाको बोझ बढेको समेत बताए । २०६१ सालमा देशभरका अदालतमा १ लाख १० हजार मुद्दा रहेकामा २०८० मा २ लाख ३७ हजार पुगेको भन्दै उनले भने, ‘न्यायाधीश बढे पनि मुद्दाको चाप थेगिनसक्नु छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार