काठमाडौं । नेपालका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्धका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले छलफल सुरु गरेको छ । समितिले उजुरीकर्ता एसके तिमिल्सिनासँग छलफल सुरु गरेको हो ।
आफूलाई अधिवक्ता, लेखक र अनुवादक भनेर चिनाएका उनले आफू विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिसको विरुद्धमा नभएको तर सिफारिस गर्ने संवैधानिक परिषदको बैठक र निर्णय संविधानसम्मत नभएको बताएका छन् । संसदीय सुनुवाइ प्रक्रियामा नै प्रश्न उठाएका छन् ।
गैरसंवैधानिक सिफारिस अनुमोदन गर्न नहुने उनको जिकिर छ । न्याय व्यवस्था लागू गर्ने निकायको प्रमुख संविधानसम्मत नियुक्त हुनुपर्ने कि नपर्ने ? भन्दै उनले यदि यो माग सम्बोधन नभइ सुनुवाइलाई जबरा शासन (राणाशासन) भन्नुपर्ने उनको जिकिर छ ।
उनीसँगको छलफल सकिएपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग सुनुवाइ गर्ने समितिले जनाएको छ ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend