Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीले कर्णाली प्रदेशमा टुंग्यायो कार्य विभाजन, क-कसले पाए ?(सूचीसहित)


    सोमबार, भाद्र ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र) ले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गो लगाएको छ।

    गत साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको रोहबरमा बसेको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको हो ।

    १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज छन् ।

    यसैगरी सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इन्चार्ज रहेका छन्, सोही जिल्लामा पूर्वमन्त्री बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् ।

    त्यस्तै जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट इन्चार्जमा छन् ।

    साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

    यसैगरी प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको जिम्मेवारीसमेत टुङ्गिएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार