Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामन्त्री थापा भन्छन्- सबै प्रकरणका फाइल खुल्नुपर्छ


    आइतबार, भाद्र ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दमक। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्नेमा जोड गरेका छन् ।

    नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबिनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए । सबै ती फाइल खोलेर अनुसन्धानको प्रक्रियालाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।

    ‘विभिन्न प्रकरणमा संलग्नलाई राजनीतिक आस्थाका आधारमा नहेरी निष्पक्ष छानबीन गरी दण्डित गरिनुपर्छ’, उनले भने । चुनौतीलाई अवसरका रुपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले भने– ‘२०८४ सालको निर्वाचनको चिन्ता होइन, २०८० देखिनै देशको अवस्था परिवर्तनमा हामी सबै एकभएर लागेपछि देशको मुहार फेर्न सकिन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार