काठमाडौँ। सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन पहल थालेका छन्। सभामुख घिमिरेले आज आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
छलफलका लागि सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतकलाई बोलाइएको छ।
त्यस्तै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका प्रमुख सचेतकलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए।
सदन खुलाउन सभामुखले गरेको यो छैठौं प्रयास हो। शुक्रबार बिहान साढे ९ बजे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेतासँग आफूले कुरा गर्ने बताएका थिए।
गत साउन २ गते त्रिभुवन विमानस्थलअगाडिबाट ६० किलो बढी सुन बरामद भएको प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले न्यायिक जाँचबुझ समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। प्रमुख प्रतिपक्षी एमालेको यही मागका कारण साउन साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन।
शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजबाट सदन नियमित हुने विश्वास व्यक्त गरेका थिए।
आज प्रतिनिधि सभाको बैठक बोलाइएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend