काठमाडौँ। सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन पहल थालेका छन्। सभामुख घिमिरेले आज आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
छलफलका लागि सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतकलाई बोलाइएको छ।
त्यस्तै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पार्टीका प्रमुख सचेतकलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार अधिकारीले जानकारी दिए।
सदन खुलाउन सभामुखले गरेको यो छैठौं प्रयास हो। शुक्रबार बिहान साढे ९ बजे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेतासँग आफूले कुरा गर्ने बताएका थिए।
गत साउन २ गते त्रिभुवन विमानस्थलअगाडिबाट ६० किलो बढी सुन बरामद भएको प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले न्यायिक जाँचबुझ समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। प्रमुख प्रतिपक्षी एमालेको यही मागका कारण साउन साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन।
शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजबाट सदन नियमित हुने विश्वास व्यक्त गरेका थिए।
आज प्रतिनिधि सभाको बैठक बोलाइएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend