Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री श्रेष्ठको दाबी- ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वयमाथि सिआईबीले अनुसन्धान गरिरहेको छ


    शनिबार, भाद्र २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी नै रहेको उल्लेख गरेका छन् ।

    आज (शनीबार) पोखरामा नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा थप कोही दोषी पाइए कारबाही हुने बताएका हुन् ।

    उनले जुनसुकै भ्रष्टाचारका प्रकरणमा तथ्य र प्रमाणले पुष्टि गरेसम्म सबैलाई कारबाहीको दायरामा ल्याईने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ । त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन,’– मन्त्री श्रेष्ठले भने ।

    ललिता निवास जग्ग प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि सिआईबीले आफ्नै तरिकाले अनु्सन्धान गरिरहेको उनको दाबी भनाई छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार