धनगढी। सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शनिबार उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहमति, सहकार्य र समन्वयका आधारमा यातायात र सडक पूर्वाधारको दिगो विकास हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री र मन्त्री ज्वालाबीच सेती लोकमार्ग, दोधारा–चाँदनी सुख्खा बन्दरगाह, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा सडक, महाकाली कोरिडोर, खुटिया–दिपायल–फास्ट ट्रयाक, कर्णाली कोरिडोर, सत्ती–चिसापानी–ताम्चा सडक निर्माणका लागि बजेट वृद्धि र चाँडै काम सम्पन्न गर्नुपर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उक्त भेटघाटको अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपट साउद र सङ्घीय मन्त्रालयका सचिवसमेतको उपस्थिति थियो ।
मन्त्री ज्वालासहितको सरकारी टोलीले शुक्रबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला, भावरस्थित पहिरोका कारण बिग्रिएको राष्ट्रिय राजमार्गको पनि अवलोकन गरेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले–सतबाँझ–थाकतेली–दार्चुला–टिङ्कर जोड्ने राष्ट्रिय राजमार्ग एनएस–६६ (भीमदत्त राजमार्ग) मा साउन २२ गते पहिरो खसेपछि साता दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो ।
पछिल्ला केही दिनदेखि राजमार्ग सञ्चालनमा आएको छ । अझै पनि यातायात निर्बाध रूपमा सञ्चालन हुन सकेको छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend