Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • शेखर कोइरालाको गुनासो- देशको अवस्था हेर्दा आँसु आउँछ, दिक्क लाग्छ


    शनिबार, भाद्र २ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउँने र दिक्क लाग्ने गुनासो गरेका छन्।

    नयाँ बानेश्वरमा वुद्धिजिवीहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले देश जता हेर्‍यो उतै भताभुंग र लथालिंग भएकाले दिक्क लाग्ने बताएका हुन्।

    ‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन,’ उनले भने।

    मुलुक असाध्यै अप्ठ्यारोमा रहेको र विभिन्न प्रकरणहरू सतहमा आएपनि टुंगोमा नपुगी तुहिने हुँदा जनतालाई जवाफ दिनसमेत नसकिएको उनले बताए।

    कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेको समेत बताए। यसले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको उनको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार