काठमाडौं । भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गरेका छन् । हिजाे राति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले बागेश्वर बाबासँग भेटघाट गरेका हुन् । शास्त्रीले आजै प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छन्।
हाेटलकाे एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गाेप्यरूपमा भेट दिएको स्राेतले बतायो । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेकाे समय दिइएकाे थियाे । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षासमेत गर्नुपरेकाे बुझिएकाे छ । उनी राति साढे १० बजेतिर बाहिरिएका थिए ।
भेटमा शास्त्रीले गृहमन्त्रीलाई नेपाललाई पुन: हिन्दु राज्य बनाउन पहल गर्न सुझाव दिएकाे स्राेतकाे भनाइ छ । श्रेष्ठले आफू पनि हिन्दु नै भएकाे भन्दै आध्यात्मप्रति झुकाव रहेकाे बताए । भारतबाट सत्गुरू आउँदा भेट्ने गरेकाे तथा स्वामी आनन्द अरूणसँग पनि निकट रहेकाे उनले सुनाएका थिए । हिन्दु राज्यका विषयमा पनि आफू सकारात्मक नै रहेकाे उनकाे भनाइ थियाे ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend