Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई फलफूल व्यापारी भनेर चिनेको हुँ: महरा


    बुधबार, साउन ३१ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएकोमा अचम्म लागेको धारण व्यक्त गरेका छन्।

    उपाध्यक्ष महराले विद्युतीय चुरोट अर्थात् ‘भेप’भित्र लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका वाङ नाम गरेका चिनियाँ नागरिकलाई १०/१५ वर्षअघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको प्रष्टीकरण दिएका हुन्।

    “वाङ भन्ने व्यक्ति फलफूल व्यापारी हुन्। १० वर्षअगाडि मेरो चिनजान भएको थियो। त्योभन्दा बढी मेरो चिनजान छैन,” महराले भने।

    यस्तै, उनले ती चिनियाँ नागरिकसँग आफूले सुन तस्करीको विषयमा फोनमा कुराकानी नगरेको पनि दाबी गरे। वाङले विद्युतीय चुरोट ल्याएकाले भन्सारमा सजिलो गरिदिन भनेपछि आफूले भन्सारका कर्मचारीलाई फोन गरेर कानूनी प्रक्रियाअनुरूप सहज गरिदिन भनेको उनको जिकिर थियो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार