राजविराज। आज बुधबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको छ ।
अपरेटर विरेन्द्र कुमार यादव नगद रू. २ लाख र लेखापाल टेकनारायण यादवलाई रू. ३ लाखको चेक सोलार बत्ति जडान लगायतका योजनाको भुक्तानी गरेवापत सेवाग्राहीसंग घुस रिसवत लिईसकेको अवस्थामा पक्राउ परेको स्रोतले जानकारी दियो।
लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी आए पनि थप विवरण आइरहेको र त्यसपछि मात्र विस्तृत आउने जानकारी दिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend