काठमाडौँ। हङकङबाट अवैध रुपमा भित्रिएको करीब सय किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पगाल्न थालिएको छ।
उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर गत साउन ३ मा राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। स्कूटरको ‘ब्रेक-सु’मा ल्याइएको त्यस सुन विभागले जोख्नका लागि नेपाल राष्ट्र ब्यांकमा पठाएको थियो।
राष्ट्र ब्यांकको टक्सार महाशाखामा आज सोमबारदेखि सुन जोख्न थालिएको हो। ‘ब्रेक-सु’मा रहेको सुन पगालेर जोख्न थालिएको महाशाखाले जनाएको छ।
यो प्रकरणमा अनुसन्धानको जिम्मा विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ। सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend