Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा


    सोमबार, साउन २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका एक जना डाक्टर सक्कली प्रमाणित भएपछि रिहा भएका छन् ।

    साउन २५ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महोत्तरीको पिपरा–८ घर भएका डा.रञ्जित कुमार यादवलाई काठमाडौंबाट पक्राउ गरेको थियो । तर, डा.यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको हो ।

    ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

    यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार