Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • भारतीय जेल तोडेर फरार नेपाली युवती पक्राउ


    शुक्रबार, साउन २६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दार्चुला । उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एक जना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन् । दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृति बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो ।

    बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति भागेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार