Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठग्ने युवती पक्राउ


    आइतबार, मंसिर १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठगेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् ।

    विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको प्रहरीले जनाएको छ ।

    कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार