Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापाबाट ७६ ग्राम ब्राउन सुगरसहित दुई युवती पक्राउ


    शुक्रबार, बैशाख २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले ब्राउन सुगरसहित दुई जना युवतीलाई पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका-८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छन् ।

    उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार