काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् ।
पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी ‘ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।
रास्वपाले सञ्चार उपकरण वाकिटकी सञ्चालनका लागि कुनै निकायबाट अनुमति लिएको पाइएको छैन । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै जाम खुलाउन सुन्तला रङको ज्याकेटमा आरएटी लेखेर वाकिटकी सञ्चार सहितका युवा खटेकामा जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ । सूचना तथा प्रसारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले विभागबाट हालसम्म सञ्चार उपकरण वाकिटकीको अनुमति नलिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको र्यापिड एक्सन टिम ( र्याट) ले मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापनमा वाकिटकीसहित कालीखोलालगायतका ठाउँमा खटिएको भन्ने विषयमा प्रतिव्रिmया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर कुनै पनि स्थानका लागि वाकिटकी प्रयोगको अनुमति नलिएको जानकारी दिए ।
प्रवक्ता गौतमले सो पार्टीले स्थानीय रूपमा सञ्चलानमा रहेका निर्माण कम्पनीहरूले अनुमति लिएका उपकरणहरू प्रयोग गरेको हुन सक्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend