काठमाडौँ। चर्चित अभिनेत्री करिश्मा मानन्धर समय समयमा विवादमा परिरहेकी हुन्छिन्। तर उनी जति विवादमा परेपनि सामाजिक सञ्जाल होस् वा सार्वजनिक कार्यक्रम सबैतिर उस्तै सक्रिय देखिन्छिन्।
उनै अभिनेत्री आइतबार चलचित्र विकाश बोर्डमा ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा उपस्थित भइन्।
फाउन्डेसनद्धारा सम्मानित अग्रज कलाकार मिथिला शर्मा र शर्मिला मल्ल माथि टिप्पणी गर्न मञ्चमा पुगेकी करिश्माले विवादसँग आफूलाई कुनै डर नभएको बताइन्।
उनले पछिल्लो समय सहकारीको ठगीमा परेको भन्दै माइतीघरमा अनसन बसेको कुरा उठाउँदै आफू यो कुराले विवादमा परेपनि आपत्ति नभएको बताएकी छन् ।
उनले ठगीमा परेका कलाकारको समस्या समाधान गर्न सरकारले चासो दिनु पर्ने बताउँदै भनिन्, ‘यो कुरा उठाउँदा म विवादमा पर्न सक्छु। विवादित हुन मलाई कुनै आपत्ति छैन।’
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend