Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन तस्करी प्रकरण : राजस्वले प्रहरीलाई दियो अनुसन्धानको जिम्मा


    आइतबार, साउन २१ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई बुझाएको बताएका छन् ।

    पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए । ४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीको जिम्मा लगाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार